दफा ११
“सबैका लागि शिक्षा” का लक्ष्यहरू
११. “सबैका लागि शिक्षा” का लक्ष्यहरू प्राप्त गर्न निजी, सरकारी एवम् गैरसरकारी क्षेत्रलाई परिचालन गरिनेछ ।
यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः
♦ साधन र स्रोतको साझेदारी गरिनेछ ।
♦ संयुक्त प्रयासमा विविध कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
रणनीति
माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन्
♦ निजी क्षेत्रसँग उपलब्ध भएका मानवीय र भौतिक स्रोतहरूको आदानन प्रदान गरी अनौपचारिक शिक्षा कार्यक्रम चलाउने ।
♦ ट्रेडयुनियनहरूले आफ्ना कामदारहरूका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्न पहल गर्ने र सोको तथ्याङ्क संकलन गरी जिल्ला शिक्षा कार्यालय र अनौपचारिका शिक्षा केन्द्रमा समेत पठाउने ।